stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन महोत्सब हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौ । पर्यटन भ्रमण बर्षलाई सफल बनाउने र युवाहरुलाई बिकासमा सहभागी गराउने उद्धेश्यले यहि फागुन २४ गते शनिवारका दिन धादिङमा “अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन महोत्सब” हुने भएको छ ।
अचने उपभोक्ता समितिको आयोजनामा हुने महोत्सबमा भ्रमण बर्ष सम्बन्धी बिभिन्न बिषयमा छलफल हुने बताइएको छ ।
आयोजक समितिले एक पत्रकार सम्मेलन गरी म्याराथुन महोत्सबमा स्थानीय र बाह्य गरी २ सय भन्दा बढीको सहभागिता हुने बताएको छ ।
समितिका सस्थापक राजन अधिकारी, समितिका अध्यक्ष वीपीन अधिकारीले नागरिक स्तरबाट पनि सबै मिलेर देशका लागि काम गर्ने हो ५ बर्षमै नेपाल हरेक हिसाबले समृद्ध हुने उल्लेख गर्नु भएको छ । देशका युवाहरुलाई स्वदेशमै परिचालन गर्ने गरी प्रभाबकारी रुपमा काम भएमा युवाहरु बिदेशिनु नपर्ने कुरा पनि अधिकारीले बताउनुभएको छ ।
युवाहरुले नबीन कार्यका लागि एकजुट हुनुपर्ने खाचो रहेको संस्थापक अधिकारीले औल्याउनु भएको छ ।
म्याराथुन महोत्सबमा प्रथम हुनेलाई १ लाख, द्धितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने छ

prabhu mahalaxmi
kumari bank
kumari