citizens life insurance long ad
stcnepal long ad

नर्भिक हस्पिटलले डिजीटाइज्ड गर्यो ओपिडि सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिदैँ आफ्नो सेवाहरुलाई डिजीटाइज्ड गरेको छ । विश्वस्तरीय नयाँ ओपिडीको संचालन आज आइतबारबाट औपचारिकरुपमा थालिएको हो । स्तरिय र आधुनिक लुक्सबाट सुसज्जित नर्भिकको नयाँ ओपिडीको एक समारोहकाबीच उद्धघाटन गरिएको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलका म्यानेजिङ डिरेक्टर मेघा चौधरीले नर्भिकले आफ्नो सम्पुर्ण सेवालाई पूर्णरुपमा डिजिटाइन गरि अत्याधुनिक बनाउने कामको ओपिडीबाट शुरु गरिएको बताए । चौधरीले नर्भिकले अत्याधुनिक ओपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, पूर्ण डिजीटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको थालिएको बताए ।

चौधरीलेभने, ‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीको रुपमा ओपिडीबाट रेनोभेसनको काम मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने चौपट बनेको विजिनेश लयमा नफर्किएको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरि ढंगले वार्तानुकुलित र स्तरीय प्रतिक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित अत्याधुनिक ओपिडीमा बिरामीहरुले पट्यारलाग्दो ढंगले पालो कुरिरहनु पर्दैन ।’

नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत त्यहाँ तयार गरेको छ । ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको रुम पनि सँगै राखिएको छ ।’

अनुसार नर्भिकले हाल ओपिडीको मात्र विश्वस्तरीय रुपमा पुननिर्माण कन्सलट्यान्टको रुमको ढोकामै उनीहरुको फोटोसहितको डिजीटल बोर्ड समेत राखिएको छ आफना कन्सलट्यान्टको रुमभित्र पस्नुअघि पनि बिरामीले द्विविधामा पर्नुपर्दैन, कारण प्रत्येक सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजीटाइज्ड बनाउने योजना बनाएको छ ।

 

IME Life
kumari