stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सनराइजले ऋणपत्र निष्काशन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंक लिमिटेडले एक हजार अंकित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिक रूपमा भुक्तानी गर्ने गरी तीन अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ गतेसम्म खुल्ला रहने बैंकद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । तीन अर्बमध्ये १२ लाख कित्ता बराबरको एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा १८ लाख कित्ता बराबरको एक अर्ब ८० करोडको ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिलाई बिक्री खुल्ला गरिने बैंकले जनाएको छ । सिद्घार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण हुनुका साथै विभिन्न बंैक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जासमेत लिन सकिने छ । केयर रेटिङ नेपाल लिमिटेडले ‘न्यून कर्जा जोखिम’ रेटिङ प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम तीन लाख कित्ताको लागि आवेदन गर्न पाउने छन् । तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari