सानिमाको दीर्घायु बचत तथा तलब खाता
काठमाडौं । सानिमा बैंकले बचतकर्ताहरूका लागि स्वास्थ्य परीक्षण तथा बिमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत बैंकले तोकेका अस्पतालहरूबाट ग्राहकले पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा एक लाख सम्मको औषधि उपचार बिमा सुविधालिन सक्ने बैंकले जनाएको छ । त्यसैगरी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायीरूपमा असक्षम भएमा एकमुष्ठ २० लाख बिमा रकम दाबी गर्न सक्नेछन् । यसबाहेक ग्राहकलाई ६ घातक रोगहरूको रक्षावरण सहितको तीन लाख रुपैयाँ बिमा तथा २५ हजारको मृत्यु लाभ हुने बिमा बैंकले गरी दिनेछ । बैंकले आफ्ना ग्राहकहरूका लागि उपयुक्त हुने विभिन्न योजनाहरू समयानुकूल रूपमा प्रदान गर्दै आइरहेको जनाएको छ ।