citizens life insurance long ad
stcnepal long ad

लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार ९भोलि० देखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकता अनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो ।

यसैबीच अनलाइन फाराम भरिसकेपछि परीक्षा सम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

एसएमएस सेवा बन्द रहेको अवस्थामा रजिस्ट्रेसन नम्बर सहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रवक्ता भुसालले बताउनुभयो । यसअघि कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम कोटा तोकेर गएको पुस १४ गतेदेखि खुलेको थियो ।

IME Life
kumari