stcnepal long ad
ime life insurance
national life
global ime bank long

एसईई परीक्षामा सहभागी विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो, माघ २१ गतेसम्म भरिसक्नुपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षामा सहभागी हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुला गरेको छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले बिहीबारदेखि आगामी माघ २१ गतेसम्म आवेदन फारम भरिसक्नुपर्ने बोर्डले जनाएको छ ।

अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरूले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिल एवं अन्य आवश्यक कागजात सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिक तर्फ पढिरहेका विद्यार्थीहरूका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आगामी वर्ष परीक्षा दिनका लागि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

सम्बन्धित विद्यालयहरूले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ सालको माघ मसान्तभित्र राजस्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने छ ।

IME Lifesidebar
kumari