stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको दाहाल–नेपाल समूहले बुधबार पनि संघर्षलाई निरन्तरता दिने भएको छ ।

समूहले बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला गर्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरूको छलफल हुँदैछ । पेरिसडाँडामा चल्ने छलफलले भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने नेता भट्टराईले जानकारी दिनुभयो ।

मंगलबार दाहाल–नेपाल समूहको नेकपाले देशभर प्रदर्शन गरेको थियो । राजधानीमा भएको प्रदर्शनलाई पार्टीका शिर्ष नेताहरूले सम्बोधन गरेका थिए ।

नेताहरूले प्रधानमन्त्री केपी ओलीको खुलेर आलोचना गर्दै प्रतिनिधि सभा विघटनलाई उल्ट्याउने बताएका थिए ।

IME Lifesidebar
kumari