stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु अग्रवाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शनिबार, १० फागुन २०७६

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल बन्ने भएका छन् । परिसंघमा उपाध्यक्षहरु मध्येबाट एक वरिष्ठ उपाध्यक्ष चयन गर्ने र वरिष्ठ उपाध्यक्ष पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।                                                        उनीहरु मध्ये गभर्निङ काउन्सिलमा विष्णुलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको स्रोतले जनायो । प्रकृया पुरा गरी घाेषणा गर्ने भने बाँकी रहेकाे स्राेतले बतायाे ।हाल परिसंघमा अनुज अग्रवाल, विष्णु अग्रवाल, निर्माण चौधरी, कृष्ण प्रसाद अधिकारी, राजेश अग्रवाल, सुलभ अग्रवाल, विरेन्द्रराज पाण्डे उपाध्यक्ष छन् । ७ जना उपाध्यक्ष मध्ये वरिष्ठ उपाध्यक्षमा अनुज, विष्णु, राजेश र सुलभको विशेष रुचि थियो ।

परिसंघका विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनेवाला अध्यक्ष हुन् । अध्यक्ष सतिशकुमार मोरको कार्यकालपछि वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल स्वतः अध्यक्ष बन्ने छन् । नियमित साधारणसभा भएमा एक वर्षपछि परिसंघकाे अध्यक्ष अग्रवाल बन्ने छन् ।

विष्णु अग्रवाल परिसंघको स्थापनादेखि नै सक्रिय र विषेश योगदान गरेको व्यक्ति हुन् । उनी एमएडब्लु इन्टरप्राइजका प्रबन्ध निर्देशक हुन् ।
यामाहा, जीप, स्कोडा, फियाट लगायत सवारी साधानको व्यापारमा केन्द्रीत एमएडब्लु इन्टरप्राइजले जेसीवी, स्कोट्स, म्यानलगायतको हेवि इक्वीप्टमेन्टको व्यापार समेत गर्दै आएको छ ।

एमएडब्लुले म्यूजिकल इन्स्र्टूमेन्ट वि एण्ड टीको पनि व्यापार गर्छ । त्यस्तै, अग्रवाल एमएडब्लु इन्भेष्टमेन्ट, एमएडब्लु इन्जिनियरिङ कम्पनीका पनि प्रबन्ध निर्देशक छन् । उनी युनाईटेड फाइनान्स लिमिटेडको संस्थापक र सञ्चालक दुबै हुन् । उनी नेपालका लागि चेक गणतन्त्रको अबैतनिक राजदूत पनि हुन् ।

IME Lifesidebar
kumari