citizens life insurance long ad
stcnepal long ad

एटीएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँको मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङ रहेका छन् ।

आइतबार राति काठमाडौँ महानगरपालिका–३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME Life
kumari