बेनी नगरपालिका एक साताका लागि लकडाउन हुने, आज राति १२ बजेबाट लागू हुने
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी एक साताका लागि लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक सूचना गर्दै बेनी नगरपालिका एक साता लकडाउन गर्ने निर्णय भएको जनाएको छ ।
लकडाउन अवधिभर नगरपालिका अन्तर्गतका वडा तथा अन्य कुनैपनि सरकारी कामकाज साथै बैंक, वित्तीय संस्था खुला नगर्न निर्देशन दिइएको छ ।
यद्यपि अस्पताल, औषधि पसल २४ सै घण्टा खुल्ने सुचनामा जनाइएको छ । त्यस्तैगरी अन्य पसलहरु भने बिहान ८ देखि १० बजेसम्म खोल्न पाइने सूचनामा जनाइएको छ । लकडाउन शुक्रबार आज रातिबाटै लागू भई एक सातासम्म रहने छ ।
बेनी नगरपालिका, सुरक्षा समिति, उद्योग वाणिज्य संघको अनुरोधमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले लकडाउन गरेको हो । यसअघि दशैँको बीचमै बेनीका प्रतिष्ठित व्यक्तिको कोरोनाका कारण मृत्यु भएको थिायो ।























