stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

लगनखेलका अधिकांश मासु पसल मापदण्ड विपरीत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्ड विपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले  हिजो शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्ड विपरीत पाईएको हो ।

महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले व्यापारीलाई सात दिनभित्र यी पसल सफा सुग्घर गरेर सञ्चालन गर्न निर्देशन दिएका छाँै ।”

उपप्रमुख गीता सत्यालले कोरोना महामारीको यस जटिल अवस्थामा बजारहरु कसरी सञ्चालन भइरहेका छन्, ग्राहक र व्यापारीले भौतिक दूरी कायम गरेका छन् या छैनन् र गुणस्तरीय सामग्री पनि बिक्री भएका छन् या छैनन् भनेर निरन्तर छड्के अनुगमन गर्ने योजना बनाएको जानकारी गराउनुभयो ।

महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले उपभोक्ताले उचित र सुलभ मूल्यमा गुणस्तरीय सामग्री बजारबाट प्राप्त गर्न सकेका छन् या छैनन् भन्ने बुझ्न आफूहरु लागिपरेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले दैनिक बजार अनुगमन गरी मापदण्डअनुसारका सामग्री बिक्री नगर्ने र स्थानीय तहका साथै सम्बन्धित निकायमा दर्ता पनि नगरी बजार सञ्चालन गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउने भएका छाँै ।”

यसैगरी महानगरपालिकाका अनुगमन टोलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पूरा नगरी दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको, व्यवसायीले हरेक सामग्री किनेका र बेचेका विवरण पारदर्शी तरिकाले नराखेको र भ्याट बिल तिरेर सामान नकिनेको समेत फेला पारेको बताएका छन् ।

अनुगमन टोलीका एक सदस्यले यस्ता व्यवसायीलाई तुरुन्तै प्रक्रिया पु¥याएर सही तरिकाले व्यवसाय अघि बढाउन आग्रह गरेकोे जानकारी गराउनुभयो ।

ललितपुरमा शुक्रबारबाट शुरु भएको बजार अनुगमनमा विभिन्न फेन्सी, औषधि, खाद्य तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन भइसक्यो ।

महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर ललितपुरमा निरन्तर बजार अनुगमन गर्ने जनाएको छ । रासस

prabhu mahalaxmi
kumari