मन्त्रीमण्डल पुर्नगठन
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीपरिसदमा दुई मन्त्रीको हेरफेर र रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन।
राष्ट्रपति कार्यालयवाट जारी विज्ञाप्ति अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसि प्रधानमन्त्री मातहत विना विभागिय वनाइएको छ।
नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठ सहरी विकास, सिराहाका लीलानाथ श्रेष्ठलाई महिला, र पार्वत गुरूङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नयाँ नियुक्त मन्त्री र हेरफेर भएका मन्त्री सबै पुर्व नेकपा एमालेका छन।




























