stcnepal long ad
ime life insurance
global ime bank long

नेकां विपिले ३०गते विरोध सभा गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । यही असोज ३० गते १ बजे माइतीघर मण्डलामा नेपाली काँग्रेस (वी पी) ले विरोध सभा गर्ने जनाएको छ। सो सभामा सहभागी हुन नेता–कार्यकर्ता, देशभक्त, राष्ट्रप्रेमी सबै आम–जनसमुदायमा अनुरोध गरेको छ ।

नेपाली काँग्रेस (वी पी) ले असोज ३० गते गर्ने विरोध सभामा १ बजे माइतीघर मण्डलामा किन जाने भन्दै जनतालाई प्रष्ट पार्न खोजेको छ।

१. सरकारका जनविरोधी क्रियाकलापका तथा भ्रष्टाचार र प्रतिपक्ष दलको मौनताको विरोध गर्न ।

२. निर्मला पन्त, सम्झना कामि लगायत मुलुकमा भएका बलात्कार र बलात्कार पछी हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हदै सम्मको कारबाहीको माग गर्न ।

३. कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा नियुक्तिको माग गर्न ।

४. लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सालाई अन्तिमरुप दिन भारतसँग अविलम्ब वार्ता यदि वार्ता हुन नसके अन्तराष्ट्रिय करणको माग गर्न।

५. हुम्ला लगायत भारत र चीनसँग जोडिएका सिमा सम्बधी विवाद समाधानका लागि अविलम्ब छिमेकी मित्र राष्ट्रसँग संवादको माग गर्न ।

६. गैरकानुनी ढंगले अंगिकृत नागरिकता वितरण भएकोले अंगिकृत नागरिकता छानबिन आयोग गठन गरि गैरकानुनी नागरिकता खारेजको माग गर्न ।

७. मुलुकमा भएको भ्रष्टाचार (वाइडबाडी, एनसेल, ३३ किलो सुन, ललिता निवास, ओम्नी, यति होल्डीङस लगायत) र सरकारका जनविरोधी क्रियाकलापका विरुद्व राष्ट्रव्यापी आन्दोलन घोषणाको सुरुवात गर्न ।

८. नेपाल सरकारले डा. गोबिन्द के. सी. सँग १९ औं पटक गरेको संझौतालाई पूर्णरुपमा कार्यान्वयन गरि अब अनशन बस्नुपर्ने बाध्यताको अन्त्यको माग गर्न ।

९. विगत ९ बर्ष देखि अनशनरत्त गंगामाया अधिकारीको माग सम्बोधन गर्न र उनका छोरा नुरप्रसाद अधिकारीलाई रिहाईको माग गर्न ।

१०. २०७२ सालको संविधान अनुसार भएको आम–निर्वाचनमा पराजित नेताहरुलाई चोर बाटो प्रयोग गरि राष्ट्रिय सभामा लागिएकोले सम्माननीय सर्वोच्च अदालतमा दायार भएको मुद्दालाई संविधानको मूल मर्म सहिरुपमा व्याख्या गर्न ध्यानाकर्षणको माग गर्न ।

११. वेपत्ता तथा सत्यनिरुपण मेलमिलाप आयोग अभिलम्ब गठनको माग गर्न ।

१२. भूकम्प र बाढी पहिरो पीडितहरुलाई दिन छुट्याइएको राहात रकम अविलम्ब वितरणको माग गर्न ।

१३. कोरोना संक्रमणको नाममा भएको तिनै तहका सरकारको आम्दानी र खर्च विवरण सार्वजनिकको माग गर्न ।

१४. धार्मिकस्थलहरु अविलम्ब खुल्लाको माग गर्न विरोध सभा गर्न लागिएको सो पार्टीका कार्यालय सचिव सुशिलराज वाग्लेले बताएका छन।

No description available.

No description available.

prabhu mahalaxmi
kumari