अवैध लागूऔषध गाँजा सहित पक्राउ
कास्की । पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित बुद्ध बिहार नजिकबाट करिब ६ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक बस्ने २० वर्षीय प्रकाश बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


























