stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

यो कस्तो लोकतन्त्र हो नेपालको ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपालको राजनीतिमा अमर सहिदहरूको आलो रगत र बलिदानीपुर्ण जीवन यात्रासँगै नेपाली सपुतहरूको त्याग र बलिदानबाट २००७ सालमा १०४ बर्षे जहाँनिया राणा शासनको अन्त गरि प्रजातान्त्रिक ब्यवस्था स्थापना भै अभ्यास पूरा हुँदा नहुँदै २०१७ सालमा दल माथि प्रतिबन्ध लगाउदै निरंकुशता लादियो ।

३० बर्षे पञ्चायती निरंकुशताले हजारौं नेपाल आमाका सन्ततिहरूलाई सहिद बनायो । प्रजातन्त्रको लागि लडने हजारौं प्रजातन्त्र बादि योध्दालाई जेलको काल कोठरिमा जाकेर यातनाका साथमा सर्वस्व हरण गर्यो ।

२०४६ सालको जनआन्दोलनले देशमा प्रजातन्त्र पुनःस्थापना गरे संगै राजनीतिमा धेरै अभ्यास हुदै ०६२/६३को आन्दोलनले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरे संगै बनेका जन निर्वाचित सरकारले गरेका कामको मुल्यांकन गर्ने हो भने हिजोको ब्यवस्था फालेर यो मनपरि तन्त्र स्थापना प्रति आम नागरिकले चित्त बुझाउने बाटै दिएका छैनन।

देशमा लोकतन्त्र त राजनीतिक दलका नेता,मन्त्री र ठुला कर्मचारीलाई मात्र आएको छ। राजनीतिक दलका कार्यकर्ता र सामान्य नागरिकलाई त उपलब्धि शून्य नै देखिन्छ ।

देशमा हिजो गरिव,वेरोजगार,सर्वहारा बर्गको नेतृत्वको वकालत गर्ने कम्युनिष्ट सरकार छ तर यो सरकारको काम हेर्ने हो भने लाज छोप्न पनि अर्को घुम्टो चाहिने देखिन्छ।

जनताका नजर बाट मात्र हैन यिनिहरूले त कम्युनिस्ट नेता माक्र्स,लेनिन र माओका बिचारहरूलाई धज्जि उडाउँदै छन । लाग्छ यिनिहरू कम्युनिस्ट नाम ओडेका ब्वासा जस्तै हुन । जनताको नजरमा अवको निर्वाचनबाट पत्तासाफ हुने निश्चित छ।

अर्कोतर्फ हेर्ने हो भने देशमा यति धेरै ज्यादति हुँदा पनि चुइक्क सम्म नबोल्ने देशको सबैभन्दा ठुलो लोकतन्त्रको वकालत गर्ने नेपाली कांग्रेस आफै भित्र लोकतन्त्र खोजि रहेछ ।

आफुलाई लोकतन्त्रबादि शक्तिका रूपमा वकालत गर्ने कांग्रेस भित्र लोकतन्त्र छैन। आम नागरिककको स्वतन्त्रता र राजनीतिक अधिकारको वकालत गर्ने कांग्रेस भित्र राजनीतिक स्वतन्त्रता छैन ।

यहाँ त केवल गुट र बटालिन छ। एउटा गुटसँग अर्को गुटको पानी बाराबार जस्तै देखिन्छ। यहि हो त कांग्रेसको लोकतन्त्र रु बिचरा कार्यकर्ता ! चपेटामा छन्।

कता जाउ ? उता गए उ रिसाउने उता गयो अर्को रिसाउने ! के नेताहरूका दास हुन कार्यकर्ता रु यो पनि लोकतन्त्र हो र ? लोकतन्त्रमा त नेतृत्वले सबैलाई समान देख्नु पर्छ । आफ्ना बिचारहरू स्वतन्त्रता पुर्वक राख्नु पर्छ । सके सहमति नसके गोप्य मतदानबाट नेतृत्व चयन हुनु पर्छ ।

निर्वाचित नेतृत्वले सबैलाई समान भाव राख्नु पर्छ अनि पो पार्टी बलियो हुन्छ त !! यहाँ त आफै भित्र प्रतिपक्ष बनाउने परम्पराको सुरूवात गरिएको छ । अनि अन्तर्घात हुन्नरुसधैं भरि दुस्मनको जस्तो ब्यभार गर्ने आफ्नै भाइलाई अर्कोले छिर्कि हान्यो भनेर रोएर हुन्छ ? लोकतन्त्रको वकालत गर्नु अघि पहिले आफुलाई लोकतान्त्रिक बनाउनु पर्छ।

नेताहरूले नेतृत्व लिने कोशिस गर्नु होस। गुटको नाइके हैन र कार्यकर्ताले पनि आफुलाई दास बनाउने हैन। एउटा लोकतान्त्रिक पार्टीको असल कार्यकर्ता बन्ने कोशिस गरौ । जब सम्म चाकडीबाट नेता बन्ने होड रहन्छ तब सम्म देशले कुसल नेतृत्व प्राप्त गर्दैन र देशको भबिस्य पनि अगाडि बढ्दैन ।

नेताले गलत गरे गलत भन्ने हिम्मत राखौ।असल बन्ने प्रयत्न गरौ  अवको अधिबेशन नेताको हैन असल कार्यकर्ताको हुनेछ र एकताको हुनेछ।

prabhu mahalaxmi
kumari