stcnepal long ad
global ime bank long

अवैध लागूऔषध सहित पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कास्की, पोखरा महानगरपालिका(१६ तुम्केस्थित बाटोबाट नियन्त्रित लागूऔषध ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन र ७ एम्पुल बुप्रिनर्फिन तथा करिब १ किलो २ सय २३ ग्राम अवैध लागूऔषध गाँजा सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ जोगमणी ठेगाना भएका २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, सोही महानगरपालिका–१६ बाटुलेचौर ठेगाना भएका २४ वर्षीय मोहित खवास, सोही महानगरपालिका–१९ ठेगाना भएका १८ वर्षीय किशोर र सोही महानगरपालिका–१६ जोगमणी बस्ने धादिङ सुनौलाबजार–६ घर भएका ३० वर्षीय कुमार ठकुरी रहेका छन् ।

उक्त स्थानमा लागूऔषध किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

IME Lifesidebar
kumari