stcnepal long ad
nabil bank
macchha(MBL)

महालक्ष्मी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । महालक्ष्मी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड महामारीका बिरामीलाई मात्र बोक्न महालक्ष्मीले सो एम्बुलेन्स सेवा प्रयोगमा ल्याएको हो ।

कोरोना सङ्क्रमितको स्वास्थ्यलाई ध्यानमा निःशुल्क रुपमा एम्बुलेन्स सेवा दिने निर्णय गगरिएको नगरपालिकाका उपप्रमुख निर्मला थापाले बताए । यस नगरपालिकामा हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ३६१ जसमा १८६ पुरुष र १७५ महिला रहेकामा सङ्क्रमण निको हुनेको सङ्ख्या २२३ रहेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए ।

थापाले भने, “यहाँ सक्रिय सङ्क्रमित १३६, होम आइसोलेसनमा बसिरहेका ११६ र विभिन्न अस्पतालमा उपचार गराइरहेका २० बिरामी रहेका छन् ।” हालसम्म महालक्ष्मीका दुई व्यक्तिले कोभिडका कारण ज्यान गुमाएका छन् ।

prabhu mahalaxmi
kumari