अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । भक्तपुर, भक्तपुर नगरपालिका–२ ब्यासी कालीघाट बस्ने ३१ वर्षीय श्याम कृष्ण लासिवालाई करिब २ सय ८५ ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
लासिवाको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
























