stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रभु पेको क्युआर प्रयोग गरि ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टिभी सित्तैमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सन सहित ओटिटि (मोबाइल टिभि) निःशुल्क प्राप्त गर्ने भएका छन्।

ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए। ग्यापुको दशैं तिहार धमाका अन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने बाताइएको छ।

प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्ता मध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने जनाएको छ। त्यस्तै दशै धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने खड्काले बताए।

ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिन्छ।

prabhu mahalaxmi
kumari