stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना पुष्टि, सबै सेवा बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण सेवा बन्द गरिएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि श्रम स्वीकृतिलगायत सम्पूर्ण सेवा बन्द गरिएको कार्यालले जनाएको छ ।

एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य केही कर्मचारीमा पनि कोरोनाको लक्षण देखिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।

महानिर्देशक दाहालका अनुसार फ्रन्ट लाइनमा कार्यरत एक कम्प्युटर अप्रेटरमा कोरोना संक्रमण पुष्टि भएको छ ।ताहाचल बाहेक अन्य श्रम कार्यालयहरुबाट भने श्रम स्वीकृति जारी भइरहेको महानिर्देशक दाहालले जानकारी दिनुभयो । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

prabhu mahalaxmi
kumari