stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल खुला दिसामुक्त भएको एक वर्षः साबुन पानीले हात धुने अभियान सुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको एक वर्ष पुगेको छ ।अघिल्लो वर्ष आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गर्नु भएको थियो । २०६८ साल असारमा पहिलो पटक कास्कीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

त्यस्तै अघिल्लो वर्ष असोज ४ गते भोजपुरलाई खुला दिसामुक्त घोषणा गरेसँगै नेपाल खुला दिसामुक्त बनेको हो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको छ ।

अन्तर्राष्ट्रिय सरसफाइ वर्षको अवसरमा सन् २००८ मा नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउँदै पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको थियो ।

दिगो विकास लक्ष्यसहितका पूर्ण सरसफाइका क्रियाकलाप एकीकृत रुपमा अगाडी बढाउन तीन तहका सरकार लागिपरेका बेला कोरोना महामारीले असर पारेको खानेपानी मन्त्रालयले जनाएको छ ।

साथै कोरोना भाइरस रोक्न समेत प्रभावकारी उपाय मानिएको साबुनपानीले हात धुने विषयलाई एक महिनासम्म अभियानका रुपमा सञ्चालन गर्ने पनि मन्त्रालयले जनाएको छ ।

‘हातको सरसफाइ सबैका लागि साबुन पानी हात, सधै साथसाथै’ नाराका साथ आजदेखि एक महिना अभियान चल्ने भएको छ ।

अभियानमा मन्त्रालय, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति नेपाल वास र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्रलगायतको सहकार्यमा व्यक्तिगत, घरायसी, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालयमा साबुनपानीले हात धुने व्यवहारका नौला र सिर्जनशील उपाय एवं प्रविधिको प्रयोग तथा कार्यान्वयन गरिनेछ ।

मन्त्रालयले तीन तहका सरकारका साथै निजी क्षेत्र, सामुदायिक संस्था, आम नागरिकलाई आ(आफ्नो क्षेत्रमा उपलब्ध स्रोत साधनबाटै साबुन पानीले हात धुने क्रियाकलाप गर्नरगराउन आग्रह गरेको छ । नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त राष्ट्र बनाउने अभियान चलिरहेको छ ।

prabhu mahalaxmi
kumari