stcnepal long ad
nabil bank
macchha(MBL)

जारी गर्यो नेपाल रेडक्रस सोसाइटीले श्वेतपत्र

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  नेपाल रेडक्रस सोसाइटीले संस्थाको समग्र अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गरेको छ । आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष डा. नेत्र तिम्सिनाले श्वेतपत्र सार्वजनिक गर्नुभएको हो ।

तदर्थ समितिले कार्य प्रारम्भ गर्दा विभिन्न समस्याहरू विद्यमान रहेको जानकारी गराउँदै अध्यक्ष डा. तिम्सिनाले नेरेसोको दर्ता नवीकरण हुन नसकी संस्थाको वैधानिकता माथि प्रश्न उठेकोले संस्था नवीकरण पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।

तिम्सिनाले भन्नुभयो– ‘निर्वाचन गराउन पनि कर चुक्ता, समाज कल्याण परिषद्मा कार्यक्रम स्वीकृति, अनुमोदन तथा अनुगमनजस्ता कानुनी, वैधानिक विषयहरू टुंग्याउनुपर्ने छ ।’

विश्वका धेरै मुलुकमा जस्तै राष्ट्रिय कानुन बनाई रेडक्रस सञ्चालनका लागि स्पष्ट कानुनी आधार खडा गर्नु संस्थाको दृष्टि भए पनि तत्कालका लागि संस्था दर्ता ऐनको मर्म बमोजिम नै रेडक्रसलाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले बताउनुभयो ।

श्वेतपत्रमा उल्लेख भए बमोजिम तदर्थ समितिलाई दिइएको जिम्मेवारीमा कार्यसमिति प्रतिबद्ध रहेको र संस्थाको निर्वाचन कोभिडलगायतका विकसित परिस्थितिमा आधारित हुने तिम्सिनाले बताउनुभयो ।

श्वेतपत्र मार्फत तदर्थ समितिले नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद, सञ्चार जगत् र दातृ निकायहरुलगायत अन्य निकायसँगको सम्बन्धलाई थप सुधार बनाइनेलगायतका २२ बुँदे प्रतिबद्धता जाहेर गरेको छ ।

श्वतेपत्रमा संस्थाको वर्तमान समस्याहरु, सुधारका लागि प्रतिबद्धताहरु र संस्थाको विद्यमान अवस्थाको बारेमा उल्लेख गरिएको छ ।

नेरेसोको वर्तमान सांगठनिक, प्रशासनिक तथा आर्थिक अवस्था र अन्य स्रोत साधनको प्रयोग, भवन, जग्गा, गोदामघरहरू र संस्थागत चालु गतिविधिहरूको हालको अवस्थालाई पनि श्वेतपत्रमा चित्रण गरिएको छ ।

रक्तसञ्चार, एम्बुलेन्स, आँखास्याहारलगायत नेपाल रेडक्रसका विशेष सेवा र परियोजनाहरुको अवस्थाका साथै गोदामघर र सामग्रीको अवस्थाको बारेमा श्वेतपत्रमा आएको यथार्थ चित्रणले नेपाल रेडक्रसले गर्दै आएका सेवाहरुको महत्व र व्यापकता झल्काउने नेरेसोका निर्देशक दिव्यराज पौडेलले कार्यक्रममा जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari