stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

इजरायलसँग बागवानी सम्झौता गर्ने निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले जानकारी दिनुभयो ।

नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको हो ।

सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्यलाई अख्तियारी दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताउनुभयो ।

 

prabhu mahalaxmi
kumari