stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

जनरल इन्स्योरेन्स कम्पनीको आईपिओको लागि आज पहिलो दिनमा नै ३२ लाख कित्ता लागि आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आजबाट आवेदन खुल्ला गरेको ३० लाख कित्ता आईपिओको लागि आज पहिलो दिनमा नै ३२ लाख कित्ता बिक्री भएको छ ।

पहिलो दिन आज दिनभरि मेरो शेयरको सर्भर अबरुद्ध भएपनि एक लाख भन्दा बढिले कूल ३२ लाख कित्ताको लागि आवेदन भरेको जनरल इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कम्पनीले आजदेखि कूल ३० लाख कित्ता आईपिओ जारी गरेकोमा कर्मचारीलाई एक लाख २० हजार कित्ता र म्यूचुअल फण्ड फण्डमा एक लाख ५० हजार कित्ता आरक्षण गरिएको बाहेक २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् । आवेदन भन्दा बढि भएमा गोलालप्रथाबाट शेयर विक्री हुनेछ ।

जनरल इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुसार आज अपरान्हदेखि मेरो शेयरको सर्भर खुल्ला भएको र आवदेन दिनक्रम जारी रहेको छ ।

कूल छ लाख भन्दा बढिले आवेदन दिने अनुमान गरिएको छ । जनरल इन्स्योरेन्सको आईपिओ कूल दुई लाख ७३ हजार ३०० जना आवेदकले मात्रै प्रति आवेदक १० कित्ताको दरले शेयर पाउने छन् । करिब तीन लाख ५० हजार भन्दा बढिको हात रित्तो हुने अनुमान गरिएको छ ।

मेरो शेयरको एप्लिेकशनबाट २४ सै घण्टा शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपिओ यही असोज १४ गते बैंकिङ समय (अपरान्ह ५ बजे) पछि बन्द हुनेछ ।

prabhu mahalaxmi
kumari