stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सवारी अनुमतीपत्र ( सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई काठमाडौं –२६ कपुरधारा बस्ने २७ वर्षीय बिश्व प्रकाश पनेरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विदेशमा अलपत्र परी उद्दार गरिएका यात्रुहरुलाई आ–आफ्नो घर ठेगानामा पठाउनका लागि कोभिड–१९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाडौंबाट जारी गरिएको होल्डिङ सेन्टरबाट दिइने सवारी पास पनेरुले किर्ते सहिछाप गरी सर्वसाधारणलाई प्रति थान दुई हजार रुपैयाँमा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले टोखा नगरपालिका–७ तिलिंगेटारबाट शंकास्पद कागजात सहित उनलाई पक्राउ गरेको हो ।

पनेरु पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम बितरण गर्न खटिएका डिलर प्रतिनिधि रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनको साथबाट उक्त केन्द्रबाट जारी गरिएको सहीछाप गरेको र नगरेको १र१ थान सवारी पास र दुई हजार रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ ।
पनेरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

prabhu mahalaxmi
kumari