stcnepal long ad
global ime bank long

भदौ २४ पछि निषेधाज्ञा नहटेपनि मालपोत कार्यालय खुलाउने तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेपछि पनि थप भए मालपोत कार्यलयहरु खुलाउने तयारी थालिएको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा २४ गतेपछि पनि निषेधाज्ञा थप भए पनि मालपोत कार्यालयहरु भने खुलाउनका लागि तयारी सुरु गरेको हो ।

लामो समय मालपोत कार्यालयहरु बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेको भन्दै मन्त्रालयले यस्तो तयारी गरेको हो । ‘निषेधाज्ञा थप थपिने जस्तो स्थिति देखिएकोले मालपोत कार्यालयहरु कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ मन्त्रालय स्रोतले बताएको छ ।

IME Lifesidebar
kumari