विभिन्न मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
तनहुँ । जिल्ला अदालत तनहुँको २०७१ फागुन १८ गतेको फैसलाले गौबध मुद्दामा १२ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी शुक्लागण्डकी नगरपालिका–२ दुलेगौडा बस्ने भरत थापा भन्ने ३१ वर्षीय बिशाल पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी जिल्ला अदालत तनहुँको २०७४ साउन ३१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका भिमाद नगरपालिका(१ डुम्रेबेशी बस्ने बालकृष्ण भुजेल भन्ने २२ वर्षीय बल बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
दुवै जना प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले आ(आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

























