stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एलआईसी नेपाल २० औं वर्षमा प्रवेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । एलआइसी नेपाल आजबाट २० औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी आजबाट १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको हो ।

१९ औं औं बार्षिकोत्सवको अवसरमा कम्पनीका सञ्चालक तथा सिईओ लक्ष्मी प्रसाद दासले आगामी दिनमा अधिकतम् जनताको माँझमा बीमाको पहुँच विस्तार गर्ने बताएका छन् ।

२० औं वर्ष प्रवेशको अवसरमा सन्देश दिँदै सिईओ दासले भने, ‘हामी बीमा शुल्कमा भन्दा पनि दीर्घकालिन समृद्धिसहितको बीमाको पहुँच जनतामाँझ पुर्याउनमा प्रयत्नशील हुनेछौं ।’ सिईओ दासले महामारीको समयमा बीमाको महत्व जनताले झनै बुझेकाले आगामी दिनमा बीमा कभरेज बृद्धि गर्दै प्रविधि, दक्ष जनशक्ति सहित सक्रिय हुने बताए । सिईओ दासले बीमाको दीगो विकास जरुरी भएको बताए ।

एलआईसी नेपालले गत असार मसान्त सम्ममा ६७ अर्ब ७० करोड भन्दा बढि जीवन बीमा कोषमा संचित गर्न सफल भएको छ भने झण्डै १२ करोड मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजि दुई अर्ब एक करोड रहेको कम्पनीले बार्षिक १५ अर्ब हाराहारी बीमा शुल्क संकलन गर्दै आएको छ ।

नेपालमा दर्ता भई स्वतन्त्र कम्पनीको रुपमा बीमा व्यवसाय गर्दै आएको कम्पनीले दशैभरि शाखा, उपशाखा तथा एजेन्सी कार्यालयहरु सञ्चालन गरी बीमा सेवा प्रवाह गर्दै आएको छ ।

एलआईसी नेपाल दोस्रो ठूलो बीमा कम्पनी हो । गुणस्तरीय बीमा सेवामा जोड दिँदै आएको कम्पनीले दावी भुक्तानी समयमै गरेर जनताको विश्वास जित्न सफल भइसकेको छ । आगामी दिनमा अझै बीमा व्यवसाय फराकिलो हुने विश्वास सिईओ दासले व्यक्त गरेका छन् ।

कम्पनीले महामारीको समयमा बार्षिकोत्सव मनाउन नपाए पनि डिजिटल माध्यमबाट कर्मचारी तथा अभिकर्ताहरुसँग छलफल गरेर बार्षिकोत्सव मनाएको जनाएको छ ।

५५ प्रतिशत एलआईसी इण्डियाको शेयर, २५ प्रतिशत नेपालकै विशाल ग्रुपको शेयर २० प्रतिशत सर्वसाधारणको शेयर रहेको एलआईसी नेपालले स्थापनाको छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

prabhu mahalaxmi
kumari