stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अब व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन मार्फत लिन सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनलाइन मार्फत पनि लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले भदौ १६ गते बुधबार देखि डिजिटल प्रक्रियावाट प्यान नम्बर दिने जनाएको छ ।

कोरोना महामारीका कारण अधिकासं जिल्लाहरुमा निषेधाज्ञा जारी भएको अवस्था छ । करदाता यस्तो अवस्थामा कार्यालयसम्म पुगेर प्यान लिन नसक्ने भएकाले अनलाईन मार्फत दिने व्यवस्था गरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

प्यान नम्बर लिन चाहने व्यक्तिले विभागको वेबसाइट मार्फत वा मोवाइल एप्लीकेसन मार्फत आवेदन दिन सक्नेछन । अहिलेको अवस्थामा व्यक्तिगत विवरण र नागरिकताको फोटो अपलोड गर्नु पर्नेछ यसरी व्यक्तिगत विवरण भरेपछि प्यान नम्बर उपलब्ध हुनेछ ।

तर, कोरोना महामारीको अवस्था सहज भएपछि अनलाइन मार्फत लिएको प्यान नम्बर र सक्कली नागरिकता सहित कर कार्यालयमा सम्पर्क गरेपछि प्यान प्रमाणपत्र पाइने समेत जनाएको छ ।

विभागले आफ्नो वेबसाइटलाई अध्यावधिक गरेर विगतको तुलनामा धेरै एड्भान्स समेत बनाएको छ । कर छुट देखि तिर्न बाँकी रहेको विवरण सम्म वेबसाइट मार्फत नै हेर्न सकिने व्यवस्था गरेको छ ।

त्यसका साथै कर चुक्ताको प्रमाणपत्र समेत वेबसाइट मार्फत लिन सकिने व्यवस्था विभागले गरेको छ।

prabhu mahalaxmi
kumari