citizens life insurance long ad
stcnepal long ad

आयात–निर्यात दुवै बढ्दा वैदेशिक व्यापारमा उछाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आयात र निर्यात दुवै बढ्दा नेपालको वैदेशिक व्यापारले छलाङ मारेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा गत वर्षको यही अवधिको तुलनामा सवा २ खर्ब बढीको वैदेशिक व्यापार भएको छ।

साउन, भदौ र असोजमा आयात ३८.१८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु भित्रिएकोमा अहिले ६ खर्ब ४६ अर्ब रुपैयाँको भित्रिएको छ।

निर्यात समेत ३ महिनामै सवा खर्ब बढीको भएको छ। गत वर्ष ३ महिनामा ७२ अर्ब रुपैयाँको वस्तु निर्यात भएकोमा अहिले १ खर्ब १४ अर्ब रुपैयाँको भएको हो।

आयातमा सबैभन्दा ठूलो हिस्सा इन्धनको छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालको लागत दोब्बरले बढेको छ।

चालु आर्थिक वर्षको ३ महिनामै ९५ अर्ब १२ करोड रुपैयाँको पेट्रोल, डिजेल र ग्यास आयात भएको छ। जबकी गत वर्ष ३ महिनामा ५१ अर्ब ४४ करोड रुपैयाँको डिजेल, पेट्रोल र ग्यास आयात भएको थियो।

यो वर्ष १ लाख ८१ हजार किलोलिटर पेट्रोलको २४ अर्ब ६२ करोड रुपैयाँ लागत पुगेको छ। चालु आर्थिक वर्षको तुलनामा गत वर्ष पेट्रोलको आयात बढी थियो।

तीन महिनामा पेट्रोलको आयात १ लाख ९३ हजार किलोलिटर थियो। पेट्रोल बढी हुँदा पनि अन्तराष्ट्रिय मूल्य कम हुँदा जम्मा १६ अर्ब ७६ करोड लागत परेको थियो।

चालु आर्थिक वर्षमा २ लाख ८८ हजार किलोलिटर डिजेल आउँदा ४७ अर्ब ३१ करोड रुपैयाँ लागत परेको छ। गत वर्ष २ लाख २७ हजार किलोलिटर डिजेल आयात हुँदा २० अर्ब ६९ करोड लागत थियो।

खाना पकाउने एलपीजी ग्यासमात्रै २३ अर्ब १८ करोड रुपैयाँको आयात भएको छ। १७ करोड १९ लाख ८४ हजार केजी एलपीजी ३ महिनामा भित्रिएको छ। गत वर्ष १३ करोड ९४ लाख केजी ग्यास आयात भएको थियो।

IME Life
kumari