citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपाल इन्स्योरेन्स ८०औँ वर्षमा प्रवेश, उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ८०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भएको कम्पनीले निर्जीवन बीमा सेवा प्रदान गर्दै ७९ वर्ष पूरा गरेको हो ।

कम्पनीले वि.सं. २००६ सालमा उद्योग परिषदबाट इजाजत प्राप्त गरेको थियो । त्यसपछि वि.सं. २०१६ सालमा  नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड बनाइएको थियो । वि.सं. २०४८ सालमा पुनः नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गरिएको थियो ।

कम्पनीले बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा कम्पनी ऐन, २०६३ बमोजिम निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

८०औँ वर्ष प्रवेशको अवसरमा कम्पनीले आफ्नो स्थापनादेखि हालसम्म सहयोग गर्ने सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । कम्पनीले आगामी दिनमा पनि सबै सरोकारवालाबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

हाल नेपाल इन्स्योरेन्समा २९८ कर्मचारी कार्यरत छन् । कम्पनीले देशभर ५४ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

कम्पनीले प्रचलित ऐन, कानुन तथा नियमनकारी निकायबाट जारी निर्देशनको पूर्ण पालना गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

IME Life
kumari