citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशत छुट

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित भएका बीमालेखहरु तोकिएको अवधिमा नवीकरण गरेमा त्यसमा लाग्ने ब्याजमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ।

कम्पनीका अनुसार नवीकरण नगरी व्यतित भएका बीमालेखहरु आज असोज ८ गतेदेखि असोज २६ गतेसम्म नवीकरण (पुनर्जागरण) गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज) मा ७५ प्रतिशत छुट दिने भएको हो।

साथै यस्तो ब्याज छुट सुविधा व्यतित मितिबाट २ वर्ष ननाघेका बीमालेखहरुमा मात्र प्रदान गरिने र यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्राप्त गर्न सकिनेछ।

यसरी ब्याज छुटबाट नवीकरण भएका बीमालेख समर्पण (सरेण्डर) भएमा उक्त छुट कट्टा गरिने कम्पनीले जनाएको छ।

IME Life
kumari