citizens life insurance long ad
stcnepal long ad

आजबाट पृथ्वीराजमार्ग सञ्चालनमा आउने

कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदाै १० गते आएकाे भिषण बाढीका कारण कटान भएर माटाे खसी अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने र ग्राभेल वैकल्पिक सडक ट्रयाक खन्ने काम सम्पन्न भएको छ ।

उक्त २५२ मिटर सडक खण्डमा गत भदौ २८ गतेदेखि परीक्षणका रुपमा एकतर्फी यातायात सेवा सुरु भइसकेको छ । आज भदाै ३१ गतेबाट केही यातायात सञ्चालन हुने र भाेली असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन हुनेछ ।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याउने बताएका थिए । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा युद्व स्तरमा ट्रयाक खोल्ने काम सुरु गरेको थियाे ।

करिव १२ दिनमा २५२ मिटर नयाँ ट्रयाक खाेली दुई लेन ग्राभेल सडक निर्माण भएकाे छ।नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सिडिई सुरेश पौडेलले बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेर नयाँ ट्रयाक खनि वैकल्पिक सडक बनाएकाे बताएका छन ।

मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५२ मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिएका थिए ।

विभागले विज्ञहरुबाट विभिन्न सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरि कृष्णभीर क्षेत्रमा ३५ मिटर उचाइ र पहाडको भित्रतर्फ २० मिटर खनेर नयाँ ट्रयाक निर्माण गरिएकाे छ। सो कार्यमा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन् ।

भदौ २८ गतेदेखि परीक्षणका रूपमा खाली सडकमा राेकिएका ग्यास बुलेटसहित ट्रक,मालवहाक केही सवारीसाधन मुङलिनतर्फ पठाइएका थिए। हिजाे पनि बिहान र बेलुकाको समयमा अत्यावश्यक यातायातका साधन सञ्चालन गरिएका थिए। आज पनि केही सवारीसाधन सञ्चालन भएका छन् ।

संयोजक सिडिइ पौडेलले उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । “भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा हुनेछ ।

असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने बताएका छन । नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर पुनः यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि पाइप बिछयाएर अस्थायी नाला निर्माण गरिएकाे छ।

साथै पहाडभित्रबाट पानीको सिपेज सडकमा आउन सक्ने जोखिम कम गर्न ‘सर्फेस ड्रेनेज’को व्यवस्था गरिएको छ । माटोभित्रबाट आउने पानी सडकको संरचनामा प्रवेश गर्नुअघि उचित निकासमार्फत नालीमा पठाउने व्यवस्था पनि गरिएको छ । माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा राखिएका छन ।

उक्त स्थानमा पानीसहितको लेदो आएर ग्राभेल बिगार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै थप ग्राभेल सामग्री मौज्दात राखिएको छ । कृष्णभीर माथिपट्टी पहाडमा केही चिरा पनि देखिएका छन् । ती चिराबाट पानी भित्र पस्न नदिन आवश्यक व्यवस्था गरिएकाे छ ।

चिरालाई उपलब्ध प्रविधि तथा रासायनिक पदार्थ प्रयोग गरी सिल गर्ने र प्लास्टिकले छोपेर माटाे र ग्राभेलभरि पानी प्रवेश गर्न नदिने उपाय अपनाइएकाे छ । कृष्णभीरको जोखिमलाई मध्यनजर गरी उक्त सडकखण्डको वैकल्पिक मार्गका रुपमा बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम भैरहेकाे छ । उक्त सडकमा यात्रुवाहक सवारीसाधन वैकिल्पक रुपमा सञ्चालन गर्न मिल्ने गरी तयारी भैरहेको छ ।

नयाँ ट्रयाकमा राति सवारीसाधन सञ्चालन गर्न र यात्रा सुरक्षित बनाउनका सडक विभागले स्थानीय तहसँग समन्वय गरी बत्तीको व्यवस्था गरेकाे छ । साथै टल्किने स्टिकरलगायतका ट्राफिक सुरक्षा सामग्री पनि राखिएका छन् ।

हाल निर्माणका क्रममा बिहान करिब ६ देखि ७ बजेको बीचमा र बेलुका ६ देखि ७ बजेको बीचमा सवारीसाधनलाई आवतजावत गर्न दिइँदै आएको छ । एम्बुलेन्स,शव बहान लगायतका अत्यावश्यक सवारीसाधनलाई निर्माण कार्य रोक्दै पास गराउने व्यवस्था गरिएको छ । राति सडक पूर्ण रूपमा बन्द गरिएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको हिमपहिराेकाे भिषण बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुरयाएको थियो । भदौ १४ गते गएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो।

IME Life
kumari