stcnepal long ad
global ime bank long

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था वा निकायबाट आवेदन माग गरेको हो।

बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य आवेदकले सूचना प्रकाशित भएको मिति (भदौ २७ गते) ले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रस्तावित खरिद मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

त्यस्तै शेयर खरिदका लागि राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम आफू योग्य रहेको प्रमाणित हुने आवश्यक कागजातसमेत आवेदनसँगै पेश गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय भरतपुर–१०, चितवनमा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ।

IME Lifesidebar
kumari