stcnepal long ad
global ime bank long

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सिइओसहित तीनजना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रूपन्देही । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा संलग्न बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहित ३ जना पक्राउ परेका छन् ।

यो बैंकका लागि नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकिशोर कुशवाहको जाहेरीले बैकिङ कसुर मुद्दामा फरार रहेका प्रमुख कार्यकारी अधिकृत निरजबिक्रम शाहसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बैंक घोटाला प्रकरणमा संलग्न भएको आरोप लागेका नेपालगन्ज १२ की ३९ वर्षिया दीपा थापा र ४३ वर्षिया सुभेच्छा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका १२ बाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि उच्च अदालत तुल्सीपुर, नेपालगंज इजलासमा बुझाइएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकबाट हिनामिना भएको ३ अर्ब २० करोड ११ लाख बिगो कायम गरी १११ जनाविरुद्ध गत वर्षको साउन १४ गते उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर गरेको थियो ।

उनीहरूले कर्मचारीको तलब वृद्धि गर्ने शीर्षकमा, राइट सेयर बिक्री गर्ने बहानामा, अन्तरशाखा कारोबार गर्ने नाममा, नक्कली ऋणी बनाएर बैंकको रकम घोटाला गरेको सीआइबीले निश्कर्ष निकालेको थियो ।

त्यस्तै, सवारी कर्जा प्रवाह र गोल्ड लोन प्रवाह गर्दा पनि रकम हिनामिना गरेको सिआइबीको प्रतिवेदनमा उल्लेख छ । बैंकको घोटालामा राष्ट्र बैंकका अधिकारीहरुको समेत मिलेमतो रहेको सीआइबीको प्रतिबेदनमा लेखिएको छ ।

राष्ट्र बैंकले बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ, जसले २०८१ पुस ११ गतेदेखि बैंकको व्यवस्थापन हेर्दे आएको छ । बाँके, बर्दिया र दाङका धेरै स्थानीयको रकम यसमा संकलन भएको थियो ।

IME Lifesidebar
kumari