stcnepal long ad
global ime bank long

कामना सेवा विकास बैंक लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको ४१९औं बैठकले आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पुँजी तथा सो अवधिको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमाथि छलफल गरी लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसामध्ये अग्राधिकार सेयर पुँजी ३५ करोड रुपैयाँमा बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्म अनुपातिक रूपमा ८ प्रतिशतका दरले हुन आउने १ करोड ४० लाख ६७ हजार ९२३ रुपैयाँ २९ पैसा लाभांश प्रस्ताव गरिएको छ ।

त्यस्तै, बैंकको साधारण सेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसाको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ९५ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari