stcnepal long ad
global ime bank long

 माछापुच्छ्रे बैंकका शाखा समायोजनसँगै ८ शाखा कार्यालय बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले आठ वटा शाखा कार्यालय एकआपसमा समायोजन गरी नयाँ व्यवस्थाअनुसार सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरिएको हो। समायोजनपछि सम्बन्धित ग्राहकहरूले नयाँ तोकिएका शाखाबाट सबै बैंकिङ सेवा यथावत रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार चितवनको हाकिमचोक शाखालाई नारायणगढ शाखासँग, काठमाडौंको बालाजु शाखालाई गोंगबु शाखासँग, खुसीबुँ शाखालाई डल्लु शाखासँग, कलंकी शाखालाई स्वयम्भू शाखासँग, कोटेश्वर शाखालाई नयाँ बानेश्वर शाखासँग तथा ठमेल शाखालाई दरबारमार्ग शाखासँग समायोजन गरिएको छ।

यस्तै, कास्कीको लामाचौर शाखालाई बगर शाखासँग तथा पर्साको वीरगञ्ज (लिङ्क रोड) शाखालाई आदर्शनगर शाखासँग समायोजन गरिएको बैंकले जनाएको छ।

IME Lifesidebar
kumari