stcnepal long ad
global ime bank long

राहदानी विभागमा बिदाका दिन पनि सेवा सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले सेवालाई दुई ‘सिफ्ट’ मा सञ्चालन गरेको छ । साथै बिदाका दिन पनि सेवा सञ्चालन हुनेछ । त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रदान गरिएको थियो ।

विभागमा यही साउन १४ गते देखि दुई सिफ्टमा सेवा दिँदै दैनिक एक हजार ५ सय आवेदन फाराम खुलाइएको छ।

कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको हो ।

सो अवधिमा पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।

सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह हुने जनाइएको छ ।

IME Lifesidebar
kumari