stcnepal long ad
ime life insurance
national life
global ime bank long

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चिकित्सक संघले भोलि (बुधवार) देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

बिहान १० बजे काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ।

काठमाडौं बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने र आफ्ना कार्यस्थलमा धर्ना तथा विरोध प्रदर्शन गरिने जनाइएको छ।

चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

IME Lifesidebar
kumari