stcnepal long ad
global ime bank long

संसद बैठकमा प्रधानमन्त्री र शीर्ष नेताहरू नै अनुपस्थित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रतिनिधि सभाको बजेट अधिवेशनको असार मसान्तसम्म भएका बैठकहरूमा प्रधानमन्त्री बालेन्द्र शाह,पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पुर्व उपप्रधानमन्त्री तथा रास्वपाका सभापति रवी लामिछाने, पुर्व मन्त्रीहरू सहित विभिन्न पार्टीका शीर्ष नेताहरू कम उपस्थित हुने गरेका छन ।

प्रतिनिधि सभाको चालु दोस्रो बजेट अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाली कांग्रेस,नेकपा९ एमाले०,श्रम संस्कृति,राप्रपाका संसदीय दलका नेताहरू कमै उपस्थित हुने गरेका छन। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई २२ दिन उपस्थित भएर चर्का( चर्का विषय राख्ने,संसद अवरूद्व गर्ने गरेका छन।

उनी संसदमा विभिन्न मुद्दा उठाएर आकर्षकको केन्द्र बनेको पाइन्छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पनि संसद बैठकमा धेरै उपस्थित हुने गरेका छन। राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाही पनि कमै उपस्थित भएका छन। यी नेता बाहेक अन्य दलका नेताहरूको उपस्थिति औसतमा हुने गरेको छ ।

प्रतिनिधि सभामा प्रतिनिधित्व रहेका ६ वटा दलमध्ये पाँच वटा दलका संसदीय दलका नेताहरूको उपस्थिति कमजोर रहेको छ । २०८३ असार ३१ गतेसम्म प्रतिनिधि सभाको ३८ दिनमा ४१ बैठक बसेका छन् ।

संसद् सचिवालय स्रोतका अनुसार चैत्रमा ६, वैशाखमा ४, जेठमा १५ र असारमा १३ दिन गरी ३८ दिन प्रतिनिधि सभाको बैठक बसेको थियो । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह ६ दिन मात्र बैठकमा उपस्थित भएका थिए,अन्य दिन अनुपस्थित रहेको देखिन्छ।

यस्तै रास्वपाका पार्टी सभापति रहेका रवि लामिछाने १८ दिन बैठकमा उपस्थित र २० दिन अनुपस्थित रहेका छन । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली भने ३४ दिन उपस्थित र चार दिन अनुपस्थित रहेका छन ।

सत्तापक्षका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी ३५ बैठकमा उपस्थित र ३ बैठकमा अनुपस्थित रहेका छन । रास्वपाका सचेतक प्रकाशचन्द्र परियार ३२ दिन उपस्थित र ६ दिन अनुपस्थित रहेका छन। रास्वपाका सचेतक क्रान्तिशिखा धिताल २७ दिन उपस्थित र ११ दिन अनुपस्थित रहेका छन ।

यसैगरि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता आङ्देम्बे ३२ दिन उपस्थित र ६ दिन अनुपस्थित रहेका छन । कांग्रेसकी प्रमुख सचेतक वासना थापा ३६ दिन उपस्थित र दुई दिन अनुपस्थित रहेकी छिन। कांग्रेसका सचेतक निश्कल राई ३३ दिन उपस्थित र ५ दिन अनुपस्थित रहेका छन ।

यता नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा २१ दिन उपस्थित र १७ दिन अनुपस्थित रहेका छन। एमालेका प्रमुख सचेतक ऐन बहादुर महर ३३ दिन उपस्थित र ५ दिन अनुपस्थित रहेको देखिन्छ। सचेतक निता घतानी ३६ दिन उपस्थित र दुई दिन अनुपस्थित रहेकी छिन ।

यसैगरि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेतामध्ये सबैभन्दा कम उपस्थित हुने शिर्ष नेता हुन । प्रचण्ड ५ दिन उपस्थित र ३३ दिन अनुपस्थित भएका छन । उनी प्रधानमन्त्री शाह भन्दा कम उपस्थित भएका छन। नेकपाका प्रमुख सचेतक युवराज दुलाल ३५ दिन उपस्थित र ३ दिन अनुपस्थित,सचेतक पार्वती विक ३४ दिन उपस्थित र ४ दिन अनुपस्थित रहेका छन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही २२ दिन उपस्थित र १६ दिन अनुपस्थित रहेका छन । राप्रपाका प्रमुख सचेतक खुश्बु ओली ३४ बैठकमा उपस्थित र ४ दिन अनुपस्थित रहेकी छिन । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई २२ दिन उपस्थित र १६ दिन अनुपस्थित रहेका छन । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई ३५ दिन उपस्थित र ३ दिन अनुपस्थित रहेका छन ।

ठुला ( साना सबै दलका संसदीय दलका नेता कम उपस्थित हुने र प्रमुख सचेतक तथा सचेतकहरू भने ओैषदमा धेरै दिन अर्थात ३४र३५ दिन उपस्थित भएको तथ्यांक देखिन्छ। दलका नेता संसदमा उपस्थित नहुँदा संसदको महत्व घटदै गएको छ। प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर सांसदको कुरा नसुन्दा पनि अहिलेको संसदमा गहन विषय उठन र छलफल हुन छाडेको देखिन्छ।

प्रतिनिधि सभाको बैठकमा शीर्ष नेताहरूको उपस्थिति निराशाजनक रहँदा केही सांसदहरूले भने बैठकमा निरन्तर सहभागी भएर जनताका मुद्दा उठाइरहेका छन्। ३९ वटा बैठकमा ३६ दिन उपस्थित हुने २१ जना सदस्य छन।

जसमा अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, गोविन्द पन्थी, धुव्रराज राई, नरेन्द्र कुमार केरुङ, निराशा चौधरी डगौरा, पार्वती विक, प्रमिला कुमारी गच्छदार, प्रमेश कुमार हमाल, भरत गिरी, भरत बहादुर खड्का, भीम कुमार बुढामगर, महेन्द्र बहादुर शाही, यज्ञ बहादुर बोगटी, रत्ना कुमारी थापा, ललिता कुमारी, वासना थापा, सरिता महतो, सुनिल केसी, सुरेश कुमार चौधरी र हरिना देवी कामी रहेका छन्।

यसैगरि ३५ दिन उपस्थित हुने २५ जना सदस्य छन। जसमा आरेन राई, यसुदा कुमारी बराल, खड्ग बहादुर बुढा, गंगा छन्त्याल, गणेश सिंह ठगुन्ना, जोग कुमार बरबरिया यादव, टीका संग्रौला, धर्मराज केसी, नीतिमा भण्डारी कार्की, परशुराम तामाङ, पवित्रा विक, प्रकाश सिंह कार्की, प्रदीप विष्ट, प्रेम बहादुर वयक, बलावती शर्मा, भूमिका लिम्बु सुब्बा, रचना खतिवडा खत्री, रञ्जु न्यौपाने, रहबर अन्सारी, विधुशी राणा, विश्वराज पोखरेल, शोभा खनाल, सरस्वती लामा, सीता थपलिया र सुशील खड्का छन्।

यस्तै ३४ दिन उपस्थित हुने सांसदमा २१ जना छन। जसमा आसिका तामाङ, कृपाराम राना, कृष्णहरि बुढाथोकी, क्षितिज थेबे, खगेन्द्र सुनार, गंगालक्ष्मी अवाल, जगदिश खरेल (ललितपुर), टुकाभद्र हमाल, नीता घतानी, प्रमिला कुलुजु, मदनकृष्ण श्रेष्ठ, युवराज दुलाल, रजनी श्रेष्ठ, रवीन्द्र पटेल, राधिका रम्तेल, रेनुका काउचा, श्रीधर पोखरेल, सन्तोष सुब्बा, सुम्नीमा उदार, सुलभ खरेल र सुष्मा स्वर्णकार डिम्पल रहेका छन्।

प्रतिनिधि सभा नियमावलीको नियम २१३ को उपनियम ९२० र संविधानको धारा ८९ को खण्ड ९घ० अनुसार कुनै सदस्य लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित हुनुपर्ने भएमा सभामुखलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था रहेको छ। संसद् सचिवालयका अनुसार अधिकांश सांसदहरूले १० दिनभन्दा बढी अनुपस्थित हुनुपर्दा अग्रिम सूचना वा बिदा स्वीकृत गराएका छन्।

सांसदहरूले प्रक्रिया पुरयाएरै बिदा लिने गरेको संसद् सचिवालयका अधिकारीहरूले बताएका छन्। तर एक(दुई दिन बिदा लिँदा भने कतिपयले अनुपस्थितिको सूचना दर्ता गराएका छैनन्। अहिलेसम्म कम्तीमा १७ जनाले अनुपस्थितिको सूचना दिएका छन्।

नेपालको संविधानको धारा ८९ (घ) अनुसार लगातार १० वटा बैठकमा सभामुखको अनुमतिविना अनुपस्थित रहेमा सांसदको पद नै रिक्त हुन सक्ने व्यवस्था छ। यसले पनि संसदमा उपस्थिति कति अनिवार्य छ भन्ने कुरा देखाउँछ। संसदमा सांसदहरूको उपस्थितिलाई केवल भौतिक हाजिरी वा औपचारिक प्रक्रियाका रूपमा मात्र नहेरी संसदीय लोकतन्त्रको मेरुदण्डका रूपमा लिइदै आएको छ।

संसदमा सांसदको उपस्थितिले मात्रै उनीहरूले प्रतिनिधित्व गरेको भूगोल, वर्ग र समुदायका आवाज, समस्याको ध्यानाकर्षण सरकारसम्म पुग्छ। संसद्को मुख्य काम कानुन बनाउने,जनताका मुख्य समस्या उठाउने हो।

विधेयकमाथि हुने छलफल, संशोधन र समितिमा हुने दफावार छलफलमा सांसदहरूको उल्लेख्य उपस्थितिबिना प्रभावकारी र सशक्त कानुन बन्न सक्दैन। संसदमा जनप्रतिनिधिको दह्रो उपस्थितिले कार्यपालिकालाई निरंकुश वा स्वेच्छाचारी हुनबाट रोक्छ। सांसदहरूले राज्यकोषबाट पारिश्रमिक, भत्ता र अन्य सेवासुविधा प्राप्त गर्छन्। त्यसैले संसदमा उपस्थित भएर काम गर्नु उनीहरूको नैतिक र कानुनी कर्तव्य हो।

संसदको महत्व बढाउन र देश र जनताको समस्याको समाधान गर्ने छलफलको थलो संसद बनाउन पनि दलका नेता,प्रमुख सचेतक,सचेतक र सांसदहरू संसदको बैठकमा नियमित उपस्थित हुनु पर्दछ।

कतिपय नेताहरू संसदको बैठक हुँदा दलको कार्यालयमा जाने,हाजिर हुने र बैठकमा उपस्थित नभई फर्किने गरेका छन। संसदमा हाजिर हुने तर बैठकमा उपस्थित नहुने,विना सुचना संसद बैठकमा अनुपस्थित हुने गरेको पनि पाइन्छ। यो राम्रो होइन। (नरोत्तम सुवेदीबाट)

 

IME Lifesidebar
kumari