stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

महानगर यातायातले थप्यो नयाँ १६ वटा विद्युतीय बस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महानगर यातायात प्रा.लि.ले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याएको छ । बुधबार काठमाडौंमा शशिला मोटर्स प्रा.लि.ले महानगर यातायात प्रा.लि.लाई विद्युतीय बस हस्तान्तरण गरेको हो ।

३३ सिट क्षमता भएको नयाँ विद्युतीय वस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको बताइएको छ ।

चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ ।

नयाँ बसहरुको सेवा सुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिए ।

महानगर यातायात प्रा.लि. ले २८ वटा सिटी वस र २४ वटा माइक्रो वस गरि ५२ वटा विद्युतीय सवारी संचालन गरिरहेको जानकारी दिएको छ ।

 

prabhu mahalaxmi
kumari