stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

हिमालयन बैंक र यूनियन पेको सहकार्यमा ‘आरएमबी कार्ड’ सेवा सुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले युनियनपेसँगको सहकार्यमा आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंक र चीनको प्रसिद्ध कार्ड ब्रान्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकका लागि सहज बनाउन यो सेवा थालेका हुन् । नेपालीको चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि उक्त कार्ड सेवा महत्त्वपूर्ण हुनेछ ।

नक्साल, काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा तथा युनियनपे इन्टरनेसनलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले नेपालमा पहिलो पटक उक्त कार्डसेवाको सुभारम्भ गरे ।

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पोस, क्यूआर कोड तथा इकमर्स प्लेटफर्म मार्फत हुने कारोबारको चिनियाँ मुद्रा (सीएनवाई) मा नै सहज भुक्तानी गर्न सक्ने छन् । बजारमा उपलब्ध अन्य उपकरणको तुलनामा यो मितव्ययी एवम् सर्व स्वीकार्य हुने बैंकले जनाएको छ ।

‘व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी एवम् पर्यटक जो कोहीले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमासम्मको रकम युनियनपे आरएमबी कार्डमा लोड गरी युनियनपेको सञ्जालसँग आवद्ध अलिपे प्लस, विच्याट, निहाओ चाइना जस्ता क्यूआर एवम् अन्य माध्यममार्फत चिनियाँ मुद्रामा नै भुक्तानी गर्न सक्नुहुने छ’ बैंकले विज्ञप्तिमा भनेको छ ।

prabhu mahalaxmi
kumari