stcnepal long ad
global ime bank long

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ विन्दुमा कायम भएको छ । यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो ।

आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ९५, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन एक दशमलव ४८, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १०, जीवन बिमा शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त समूह शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बिमा समूह एक दशमलव ५२ र अन्य समूह एक दशमलव १३ प्रतिशतले बढेको नेप्से जनाएको छ ।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ ।

IME Lifesidebar
kumari