stcnepal long ad
global ime bank long

वैदेशिक रोजगार मुद्दा मिलाइदिने भन्दै घुस लिने नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार मस्राङ्गीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने, सेवाग्राहीलाई तारिखमा बस्न नपर्ने तथा मुद्दा नचल्ने निर्णय गराइदिने आश्वासन दिँदै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएका थिए।

अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १५ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपाने ले जानकारी दिए।

IME Lifesidebar
kumari