stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिकको वित्तीय विवरण प्रकाशित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण प्रकाशित गरेको छ।

जसअनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा उल्लेख्य वृद्धि भएको हो।

यस कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ५१.५३ प्रतिशतको भारी वृद्धि सहित ८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४ करोड ४७ लाख रुपैयाँबाट ३०.२३ प्रतिशतले बढेर ३१ करोड ८६ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी २८ करोड ९६ लाख रुपैयाँबाट २२.२५ प्रतिशतल बढेर ३५ करोड ४१ लाख रुपैयाँ नाघेको छ।

आम्दानीमा वृद्धि भएसँगै कम्पनीको सञ्चालन मुनाफा ४ करोड ६४ लाख रुपैयाँबाट १४९.२४ प्रतिशतको उछाल सहित ११ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ३ करोड ८६ लाख रुपैयाँबाट ४८.८८ प्रतिशतको भारी वृद्धि सहित ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २२.३० रुपैयाँबाट बढेर ३१.६८ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ५.३४ प्रतिशतबाट बढेर १०.०४ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५०.७६ रुपैयाँ रहेको छ भने बेस रेट ११.९९ प्रतिशत रहेको छ।

चुक्ता पूँजी ३४ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २९ लाख रुपैयाँ सञ्चिति रहेको छ।

चैत मसान्तसम्म कम्पनीले ५ अर्ब १ करोड रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी १ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य ५ अर्ब ७५ करोड रुपैयाँ नाघेको छ।

prabhu mahalaxmi
kumari