stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मन्त्रिपरिषद्का निर्णय: धितोपत्र बोर्ड र बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न एक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले डा. गुणाकर भट्टको संयोजकत्वमा उक्त सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा मेलमिलाप कोषका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने १० लाख स्विस फ्रयाङ्क (करिब १० करोड रुपैयाँभन्दा बढी) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रिपरिषद्ले आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न कार्यालयका प्रमुख तथा कर अधिकृतलाई तोकिएको कार्यक्षेत्र हेर्ने गरी अन्तःशुल्क अधिकृतको थप जिम्मेवारी दिएको छ । नेपाल र भारत सरकारबीच गत फागुन ५ गते सम्पन्न फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा पेस गर्ने निर्णयसमेत भएको छ ।

राष्ट्रिय राजमार्ग तथा स्थानीय सडक अन्तर्गत निर्माणाधीन १६२ वटा पुलको अनिवार्य दायित्व भुक्तानीका लागि आवश्यक बजेट रकमान्तर र थप बजेट व्यवस्थापन गर्ने निर्णय सरकारले गरेको छ । यस्तै, इजरायलको गाजा क्षेत्रमा भएको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको छ ।

बैठकले ‘आरोग्य पर्यटन रणनीति २०२६-२०३५’ र ‘कार्ययोजना २०२६-२०३०’ स्वीकृत गर्नुका साथै नेपाल र कोरिया सरकारबीच जलवायु परिवर्तनसम्बन्धी ‘फ्रेमवर्क एग्रिमेन्ट’ स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्री पोखरेलका अनुसार हङकङका लागि नेपाली महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई २० दिनभित्र मन्त्रालयमा हाजिर हुने गरी फिर्ता बोलाउने निर्णय पनि भएको छ ।

prabhu mahalaxmi
kumari