stcnepal long ad
nabil bank
macchha(MBL)

नेजा स्थापना दिवसमा विविध कार्यक्रम नेजा कन्क्लेभ , नेपालमा प्रवासी लगानी विषयक अन्तर संवाद देखि रक्तदान सम्म

Nimb long ad
Prabhu Insurance Long Ad

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ। नेजाले टेक्ससको ड्यालसमा अप्रिल १८ र १९ तारिखमा विविध कार्यक्रम आयोजना गरी १९ औं स्थापना दिवस मनाउन लागेको हो ।

नेजाले स्थापनाको दिवसको अवसरमा नेजा कन्क्लेभको रुपमा अप्रिल १८ मा नेपाल अमेरिका सम्बन्धका बारेमा संवाद कार्यक्रम गरिनुका साथै विविध समुदाय अमेरिकाको शक्ति शिर्षकमा मन्तव्य श्रृखंलाको आयोजना गरिएको छ ।

जसमा अमेरिकाको राज्य सांसदहरुका साथै विभिन्न शहरका जनप्रतिनिधिहरु, नेपाली कुटनीतिज्ञ, समुदायका अगुवाहरु र संचारकर्मी हरुले धारणा राख्नुहुनेछ ।

सोही दिन, मिडियामा विविधता र समुदायका मुद्दाहरु सन्दर्भमा तथा विश्वव्यापी मिडियामा नेपाल प्रतिनिधित्व, वास्तविकता र विश्वव्यापी दृष्टिकोण सम्बन्धमा प्यानलगत संवादको कार्यक्रम रहेको छ ।

यस्तै, डायस्पोरामा सामुदायिक मिडियाको व्यवस्थापनका सन्दर्भमा लामो समयदेखि डायस्पोरामा सामुदायिक मिडिया संचालन गरि रहेकाहरुको अनुभव आदान प्रदानको कार्यक्रम रहेको छ ।

यसैगरी, अप्रिल १९ तारिखमा ड्यालसको अर्विङमा नेपालमा प्रवासी लगानीका सन्दर्भमा अन्तरक्रियात्मक संवाद कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल सरकार, महावाणिज्य दुतावासको कार्यालय डलास, टेक्ससको सहकार्यमा नेजाले गर्नका लागेको अन्तरक्रियामा व्यवसायी, लगानीकर्ता र पत्रकार संचारकर्मी हरुको सहभागिता रहनेछ । दुवै कार्यक्रममा नेपालका कुटनितिज्ञहरुको पनि सहभागिता रहनेछ ।

यस्तै, नेजा स्थापना दिवसको सन्दर्भ पारेर अप्रिल १९ बिहान ९ बजेदेखि ३ बजेसम्म ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य तथा युथ मेडिकल एलायन्स एशोसिएशनको सहयोगमा रक्तदान गर्दैछ ।

prabhu mahalaxmi
kumari