stcnepal long ad
nabil bank
macchha(MBL)

औषधिको मूल्य वृद्धिबारे छानबिन समिति गठन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भन्ने उजुरी परेपछि सरकारले छानबिन समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चैत २६ गतेको पत्रअनुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भन्ने उजुरी प्राप्त भएपछि छानबिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार समितिले औषधिको मूल्य निर्धारण प्रक्रिया के हो, सो प्रक्रिया पूरा गरिएको हो वा होइन, मूल्य निर्धारणमा कुनै अनियमितता भएको भए त्यसमा को(को संलग्न छन् भन्ने विषयमा विस्तृत अध्ययन गर्नेछ।

समितिलाई सम्पूर्ण विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। शुक्रबार मन्त्रीस्तरको निर्णयअनुसार समिति गठन गरिएको हो। समितिमा गोपीकृष्ण रेग्मी (प्रमुख, कानून शाखा) र कविन मलेकु (विषय विज्ञ, रुपन्देही) सदस्य रहेका छन्।

prabhu mahalaxmi
kumari