stcnepal long ad
global ime bank long

पोखरा यातायात कार्यालयमा नक्कली लाइसेन्स प्रकरण, तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । यातायात व्यवस्था कार्यालय कास्की (पोखरा) मा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरी सरकारी अभिलेखमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर्मचारी र एक सेवाग्राहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ तह) शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल ले बागलुङको गलकोट नगरपालिका–२ का सेवाग्राही हिम बहादुर बस्नेत थापा सँग मिलेमतो गरी सरकारी विद्युतीय अभिलेखमा गैरकानुनी रूपमा विवरण सच्याएको पुष्टि भएको छ।

अनुसन्धानमा उनीहरूले कहिल्यै जारी नभएको पुरानो लाइसेन्स नम्बर (डीएल ०८-४२४८२) लाई आधार बनाएर अभिलेखमा झुट्टा विवरण प्रविष्ट गरेको देखिएको छ। सोही आधारमा बस्नेतको नाममा ए र बी वर्गको लाइसेन्स २० वर्षअघि नै जारी भएको देखिने गरी २०५८ साल चैत २७ गते इस्यु मिति र २०७८ साल चैत २२ गते एक्स्पायरी मिति राखिएको पाइएको अख्तियारले जनाएको छ।

त्यसै अभिलेखका आधारमा २०७८ साल चैत १५ गते लाइसेन्सको प्रतिलिपि समेत जारी गरिएको अनुसन्धानबाट खुलेको छ।

सरकारी कागजात र विद्युतीय अभिलेख सच्याएर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले तीनै जनालाई प्रतिवादी बनाइ सजायको मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

IME Lifesidebar
kumari