stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राइम कमर्सियल बैंकले रु ३ अर्बको ऋणपत्र ल्याउने

लगानीकर्तालाई ब्याज कति ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ‘प्राइम कमर्सियल बैंक डिबेन्चेर २०९३’ नामक ऋणपत्र ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक ६.२५ प्रतिशत ब्याज पाउनेछन्। प्राइम बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

 

prabhu mahalaxmi
kumari